जनताको रक्षक कांग्रेसमात्र : महामन्त्री कोइराला

0
40

चितवन, कात्तिक १९ । आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा कांग्रेस ठूलो दल बन्ने दाबी गरेका हुन् । कोइरालाले कांग्रेसको महासमिति बैठक सर्ने समेत जानकारी गराए ।

महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्छ पक्का भएको स्पष्ट पारे । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उको भनाइ छ । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा आएको सुझब अनुसार अघि बढ्ने महामन्त्री कोइरालाले जानकारी गराए ।

कोइरालाले कांग्रेस अहिले पनि शक्तिशाली पार्टी स्पष्ट पार्दै भने, नेकपा एमाले र माओवादी मिल्दा पनि कांग्रेस एकबद्ध भएको खण्डमा कांग्रेसलाई जित्न सक्दैनन् । कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले भने, अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने समेत उनले जानकारी गराए ।

अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्नेमा जोड दिँदै उनले भने पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको होे । यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्नेछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here