एसईईको परीक्षाफलमा भएको लापरबाहीप्रति नेविसंघको ध्यानाकर्षण

0
601

काठमाडौं, असार १४ । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परिक्षाफलप्रति गल्ती भएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण भएको बताएको छ ।

नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले एसईईको परीक्षाफल जस्तो सम्बेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डले गरेको लापरबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बझाउँदै महामन्त्री काफ्लेले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहातका निकाय गैर जिम्मेवारीसमेत भएको बताएका छन् ।

शिक्षा मन्त्रालय, मातहतका निकाय र मन्त्रालयको नेतृत्व गरेका मन्त्री पोखरेलको कार्य क्षमतामाथिसमेत प्रश्न चिह्न उठेको छ । लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने गरी एसईई परीक्षाको नतिजामा भएको त्रुटिको यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्नुपर्ने नेवि संघको जोडदार माग छ ।

त्यस्तै केन्द्रीय सदस्य शुशिल भट्टले नेवि संघ अब राजनैतीकसँगै शैक्षिक आन्दोलनमा पनि रचनात्मक ठंगले उत्रने बताए । कार्यक्रममा नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी ,नविन राई, केन्द्रीय सदस्यहरु रत्न हरि ढुंगेल, प्रकास सेढाइ, आर सी भट्टराई, ममता महत्तो र शैलेन्द्र शर्मा गौडेलको उपस्थिति रहेको थियो ।

त्यसैगरी विद्यार्थी नेताहरु निरञ्जन थापा, विपिन अधिकारी, डुजाङ शेर्पा, स्वेच्छा उप्रेती, पवन थापा, हरि आर्चाय, सुवाष घिमिरे सान्त शिवाकोटी र सन्तोष गुरुङ लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here