चाडवाडको मुखमा यातायातमा देखिएको समस्या सुल्झाउन माग

0
228

काठमाडौँ, असोज ७ । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बडादशैँको मुखमा आएर यातायात सञ्चालनमा समस्या देखिएकाले निर्वाध चल्ने वातावरण मिलाउनका लागि सांसद दिलकुमारी रावलले सरकारसँग माग गरेकी छिन् ।

त्यसैगरी सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले चाडवाडको मुखैमा आएर चिनीलगायतका खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउनका लागि सरकारलाई ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here