नेपाली सेनासंङ्ग सात दिनको मेरो अनुभव

0
291

पहिलो दिन नेपाली सेनाको हेड क्वाटरबाट फोनकल आयो तपाईं हाम्रो तालिममा सहभागी हुनुभएको छ आईतवारबाट शुक्रवार सम्म यो तालिम हुने भएकाले विहान नौं तीस बजे सैनिक हेटक्वाटरमा उपस्थित हुनुहोला धन्यवाद ! फेरि एकैछिनमा भेरिफिकेशन कल आयो मैले उसैगरी स्वीकृति जनाएँ । फेरि अर्काे एक कल फोन आएपछि मात्र सुचनाले विश्राम पायो । सायद मिसईन्फरमेशन नहोस् भनेर पटकपटक कल आएको हुनुपर्छ । आईतवारको दिन नौं तीस बज्नु अगावै म सैनिक मुख्यालयमा उपस्थित भएँ । क्याप्टेन संजिता के. सी. ले रजिस्ट्रारमा नाम चढाउनुभयो । अब म विधिवत् सैनिक पत्रकारिता तालिममा सहभागी भएँ । एकैछिनमा सबैजना सहभागी भैसकेपछि । सैनिक उपत्यका पृतनापतिज्युबाट विधिवत् समुद्घाटन कार्यक्रम सम्पन्न भयो । छोटो सैनिक स्वागत मन्तव्यपछि ब्रेकफास्ट समय थियो । हाम्रो पहिलो कक्षा रक्षामन्त्रालय तथा राष्ट्रिय सुरक्षानीति सम्बन्धि जानकारी थियो ।

त्यसको लगत्तै संघिय संरचनामा नेपाली सेनाको तैनाथी सम्बन्धि जानकारी श्री युद्धकार्य निर्देशनालयद्वारा दिईएको थियो । यसले देशको कुन कुन स्थानमा सैनिक उपस्थिति छ त भन्ने कुराको खाका तय गरेर प्रस्तुत गरिएको जानकारी मुलक प्रस्तुति आफैमा राज्यको संवेदनशिल विषयबस्तु हो । त्यसपछि विहानिको खाना समय एकघण्टाका लागि तय गरिएको रहेछ । त्यसको लगत्तै पृतना हेडक्वाटरद्वारा पृतना हेडक्वाटरको जिम्मेवारी र नागरिक सैनिक सम्बन्धलाई थप मजवुत बनाउन गरिएको कार्यहरुको बारेमा विस्तृत छलफल सहितको कक्षा सञ्चालन भएको थियो ।

त्यसपछि पृतना हेडक्वाटरको समन्वयमा वरिष्ठ सञचारकर्मीद्वारा नागरिक सैनिक सम्बन्ध आवश्यकता र चुनौती विषय छलफल सहितको कक्षा सञ्चालन भयो । यसमा सञ्चारको सहि उपयोग हुन सक्दा युद्ध जित्ने र गलत हुँदा हार्ने सम्मको उदाहरण सहितको अन्तरक्रियात्मक कक्षा भएको थियो । यसका लागी राष्ट्रिय समाचार समितिका सञ्चार विज्ञको सहभागीता थियो । त्यसको लगत्तै नागरिक स‌ैनिक सम्बन्धमा जनसम्पर्क तथा सुचना निर्देशनालयको भुमिका र महत्त्व बारेमा सोहि निर्देशनालयबाट तय गरिएको थियो । पहिलो दिनको अन्तिम कक्षा राष्ट्रिय सेवादलद्वारा सोहि दल सम्बन्धि जानकारी सहित हाल राष्ट्रिय सेवादलले सतहत्तर जिल्लाबाट हरेक जिल्लाको एकसय जनाका दरमा सरकारी तथा सामुदायिक स्कुलहरुबाट विद्यार्थी छनौट गरि तालिम दिने गरेको जानकारी गराइएको थियो । दोश्रो दिन सोहि समयमा कक्षा सञ्चालन भयो । सडक निर्माणमा नेपाली सेनाको योगदान काठमाडौं ( मधेस द्रुतमार्गको हालसम्म भएको प्रगति विवरण श्री ईन्जिनियर विभाग र काठमाडौं तराई द्रुतमार्ग आयोजनाको कार्यालयका प्रतिनिधिद्वारा गराईएको थियो । यस कक्षामा कार्य विवरणसंग सम्वन्धित श्रव्यदृष्य समेत समावेश गराईएको थियो । बाटोघाटो पुलपुलेसा निर्माणमा नेपाली सेनाको ठुलै योगदान रहेछ भन्ने कुराको समेत उजागर गरिएको थियो ।

त्यसपछि शान्ति स्थापनामा नेपाली सेनाको भुमिका एवं चुनौती विषयमा श्री शान्ति सेना सञ्चालन निर्देशनालयले सुझाईएको थियो । त्यसपछि नेपाली सेनामा कल्याणकारी योजनाका विषयमा श्री कल्याणकारी निर्देशनालयद्वारा गराईएको थियो । यस योजना अन्तर्गत सेनामा विशाल कोषको स्थापना र सैनिक परिवारलाई दिईएको सेवा सुविधाका बारेमा जानकारी गराईएको थियो । नेपाली सेनामा समावेशिता एवं महिला सहभागीता श्री सैनिक सचिव विभागले गराएको थियो । त्यसपछिको कक्षामा प्रकृति संरक्षणमा नेपाली सेनाको भुमिका र चुनौतीहरु विषयमा श्री राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षण निर्देशनालयद्वारा गराईएको थियो ।

यसैगरी विपद् व्यवस्थापनमा नेपाली सेनाको योगदानका विषयमा सोहि निर्देशनालयद्वारा गराईएको थियो । त्यस‌ैले नेपाली सेनामा फरक फरक कार्य जिम्मेवारी अनुसारको निर्देशनालयहरुको गठन र स्थापना गरेर देश र अन्तर्रा्ष्ट्रिय स्तरमा समेत सेवा गरिरहेको छ भन्ने सबैमा जानकारी गराईयो । तेश्रो दिनको कक्षामा नेपाली सेनामा सैनिक प्रहरीगणको आवश्यकताका विषयमा श्री सैनिक प्रहरीगणले गरएको थियो । सेना भित्रका सदस्यहरुबाट हत्या वलात्कार बाहेकका घटनाको छानविन र अभियोजनमा सहकार्य गर्ने र सैनिक ब्यारेक र सैनिक कार्यक्रममा ट्राफिक व्यवस्थापन समेत यसले योगदान गर्ने र भिआईपि भिभिआईपि सवारीको व्यावस्थापन गर्ने कार्य गर्दछ । त्यसपछि मानवअधिकार निर्देशनालय सम्बन्धि जानकारी एवं भुमिका तथा महत्त्व विषयमा श्री मानवअधिकार निर्देशनालयद्वारा गराईएको थियो । यसैगरी नेपाली सेना प्राड विवाकको महत्त्व एवं कार्यक्षेत्र विषयमा सोहि प्राड विवाकद्वारा गराईएको थियो । यहि विवाक अन्तर्गत सेनाको कोर्टमार्शल समेत हुने जानकारी गराईयो ।

यसै विवाकले मुद्दा अभियोजन समेत गर्ने गर्दछ । यसैगरी नेपाली सेनामा मेच ईन्फेन्ट्रीको अवधारणा आवश्यकता एवं महत्व विषयमा श्री नम्बर सत्र वाहिनी अड्डाले गराएको थियो । सो युनिटले आधुनिक उपकरण सहित युद्धमा भाग लिले विशेष प्रकारको तालिम दिने गर्दछ । त्यसपछि नेपाली सेनाको विद्येमान हवाई क्षमता एवं भावी कार्ययोजनाका विषयमा श्री सैनिक हवाई निर्देशनालयले गराएको थियो । सेनाको हवाई विभागले आपत विपतमा , भिभिआईपि उडान र अन्य राष्ट्रिय र सामुदायिक कार्यमा आफ्नो हवाई सेवा दिने बताएको थियो । यसरी विषयगत अध्यापन गराई बस्तुगत निरिक्षण भ्रमणका क्रममा धुलिखेल स्थित विरेन्द्र सैनिक शान्ति मिसन तालिम केन्द्रको अवलोकन भ्रमण गराईएको थियो । स्वदेश र अन्य देशका मिसन सैनिकहरुको म्युचुअल तालिम सम्पन्न गराउने उक्त स्थल अत्यन्तै मनमोहक प्राकृतिक वातावरण अवस्थित रहेछ । यो केन्द्र आफैमा सम्पुर्ण र सुसज्जित समेत रहेको पाईयो । त्यसैगरी धुलिखेल हाईटबाट माथी अर्काे ब्यारेकको समेत भ्रमण थियो । सो ब्यारेकको उच्च स्थानमा अवस्थित पृथ्वीनारायण शाह कालिन किल्लाको समेत अवलोकन गराईयो । यो साँगा र नाला पुर्वको गौंडोसंग

सम्बन्धित रहेछ । पृथ्वीनारायण शाहले नेपाल खाल्डो अथवा उपत्यका हातलिने ताका एउटी बुढी आमाको घरमा गोरखाली राजा पृथ्वीनारायण शाहले खिर खाँदा खिर दिएको थालको विचमा हात हाल्दा आत्था भन्नेगरी पोलेको थियो । सोही समयमा ती बुढीआमाले पृथ्वीनारायण हो भन्ने नचिन्दै तिमी त कस्ता गोरखाली राजा पृथ्वीनारायण जस्ता रहेछौ एकैपटक विचमा हात हाल्यौ र त तातो खिरले पोल्यो बाबू । बिस्तारै बिस्तारै छेउछेउबाट खाउ त अनि पोल्दैन भन्ने प्रसंङ्गमा साँगा र नाला पुर्वको गौडो , मुड्खु र जितपुर पश्चिमको गौडो , तित्लाङ र फर्पिङ दक्षिणको गौडो यसरी घेराहालेपछि मात्र काठमाडौं उपत्यका हात लाग्छ बाबू भनेकी थिईन भन्ने इतिहासबाट बुझिन्छ । हो सोही प्रकारका नाकाहरु आजको दिनसम्म पनि सैनिक सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशिल र सामरिक महत्त्वका भएका कारण नेपाली सेनाले जगेर्ना गर्न शुरु गरिसकेको छ । अझै यसलाई युद्ध र सामरिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न पैदलमार्गको रुपमा विकास गर्न लागेको विषयमा समेत विस्तृत अवलोकन गराईयो ।

पृथ्वीनारायण शाह कालिन किल्लाको सवुत दृष्य समेत देखाईयो । यसकार्यमा सोहि दलका गणपति स्वयं उपस्थित हुनु भएको थियो । यसरी भोलिपल्ट भने नागर्जुन ब्यारेक साथै जामाचोको पैलद भ्रमण गराईयो । त्यो अत्यन्तै मनमोहक र सान्दर्भिक महसुस भयो । त्यस यात्रामा सहजिकरण गराउने मेजर विदुर ध्वज अधिकारी , मेजर साकार बस्नेत साथै क्याप्टेन संजिता के. सी. धन्यवादका पात्र हुनुहुन्छ । यसैगरी मेरो व्यक्तिगत मामलामा भन्ने हो भने मलाई अझै रोमाञ्चित् तुल्यायो । मेरा कजेज जीवनका सहपाठी अत्यन्तै सहृदयी मित्र महेश्वर कार्की सो गणको गणपति हुनुहुँदो रहेछ । तर दुर्भाग्यवश त्यसदिन उहाँ अन्यत्रै तालिममा सहभागी भएका कारण भेटघाट भने हुन सकेन । जे होस् हाम्रो अवलोकन भ्रमण अत्यन्तै सुरक्षित र सौहार्दपुर्ण तरिकाले सम्पन्न भयो । यसकै भोलिपल्ट अन्तिम दिन विहान पृतनापती मेजर जनरल निरञ्जन कुमार श्रेष्ठज्युबाट प्रमाणपत्र लिएपछि अन्त्य भएको थियो । यसरी हामी सबैको र देशको प्रमुख अंग भएर पनि समाजमा सुनिएको र भनिएको जस्तो सेनाभित्र होईन रहेछ । त्यहाँ र त्यस निकायद्वारा समाज र देशलाई पुर्याएको योगदान र भविष्यमा पुर्याउन सक्ने थप योगदानका बारेमा हामी ऐना जस्तै छर्लङ्ग भयौं । जय होस् !! विश्लेषक राजेन्द्रप्रसाद पाठक काठमाडौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here