दश अंकले ओरालो लाग्यो शेयर बजार

0
286

काठमाडौँ, वैशाख ३१ । नियमित खस्कँदै आएको शेयर बजार आज पनि १०.२८ अंकले ओरालो लागेर एक हजार ३३८ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो ।

आज कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरीद बिक्री भएको छ ।

तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ । त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह ८.६६ बिन्दुले बढेका छन् ।

यस्तै, बैंकिङ १०.०४, व्यापार २.६२, विकास बैंक २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बीमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here