शेयर बजार ओरालो लाग्यो

0
656

काठमाडौँ, असार २८ । मौद्रिक नीति सार्वजनिक भएपछि बजार उकालो लाग्ने अपेक्षामा रहेका लगानीकर्ताहरुलाई शेयर बजारले निराश बनाएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो ।

शेयर बजार १३.६६ बिन्दुले ओरालो लागेर एक हजार १९१.९८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले तल झरेर २५१.०५ बिन्दुमा पुगेको छ ।

कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये नौ उपमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूहको शेयर बढेको स्टकले जनाएको छ ।

बैंकिङ १०.३१, व्यापार ०.८४, होटल ३७.६५, विकास बैंक १८.८३, जलविद्युत् २१.७, फाइनान्स ३.८७, बीमा १०७.५८, अन्य ०.५१ र माइक्रोफाइनान्स ३६.०६ बिन्दुले ओराले लागेको छ भने उत्पादन समूहको शेयर २.८ बिन्दुले उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here