‘शेरबहादुर’ को पोष्टर सार्वजनिक

0
817

आर राजवंशीद्वारा निर्देशित चलचित्र ‘शेरबहादुर’ को पोष्टर सार्वजनिक गरिएको छ ।

माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ मा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकार पोष्टरमा देख्न सकिन्छ ।

सन्की व्यक्तिको कथामा निर्माण भएको चलचित्र ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित छ । निडर, सन्की र बलियो पात्र शेरबहादुर चलचित्रको प्रमुख पात्र हो ।

चलचित्रमा सुनिल थापाले शेरबहादुरको भूमिका निभाएका छन् । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह–निर्देशन रहेको यस चलचित्रमा प्रमोद क्षेत्रीको कथा रहेको छ भने गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी छ ।

धिराज प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here