सिन्धुलीमा नेपालमै पहिलो दनुवार सांस्कृतिक महोत्सव हुँदै

0
245

सिन्धुली, मङ्सिर २ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुन लागेको छ ।

महोत्सवको आयोजना भोलिबाट नगरपालिका–६ हर्षाहीमा गरिने भएको हो । दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले बताएका छन् ।

दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी)को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको उनले जनाएका छन् । महोत्सवमा बड्की नाच, दनुवार संस्कृतिको घरलगायत दनुवार समुदायसँग सम्बन्धित अन्य नाच तथा भौतिक संरचना देखाइने छ ।

कार्यक्रममा देशभरिबाट स्थानीय, प्रदेश, संघीय तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दनुवार समुदायका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत छ ।

नेपालमा सबैभन्दा बढी दनुवार समुदायको बसोबास रहेको सिन्धुली जिल्ला र त्यसमा पनि कमला खोँज क्षेत्र रहेकाले यस क्षेत्रमा निकट भविष्यमै दनुवार संग्रहालय बनाउने योजना रहेको पनि आयोजकले जनाएको छ ।

महोत्वसमा दनुवार समुदायले दैनिकजसो प्रयोग गर्ने माछाको परिकार, घुँगी, बयिया रोटी लगायतका परिकार दनुवार संस्कृति अनुसार बनेका घरभित्र बसेर खाने व्यवस्था महोत्वसमा गरिने पनि आयोजकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here