सोलुखुम्बुका सबै स्थानमा नेकाद्वारा उम्मेदवार तय

0
344

दोश्रो चरणको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस सोलुखुम्बुले १ नगर सहित सात वटै गाउँपालिका प्रमुखमा उम्मेदवारको टुङ्गो लगाई चुनावी अभियानलाई तिव्रता दिन थालेको छ ।

नेपाली कांग्रेस सोलुखुम्बुमा पार्टीभित्रको आन्तरिक विवादका कारण उम्मेदवार छनोटमा ढिलाई भए पनि उम्मेदवारको तय पश्चात ने.का. सोलु एक ढिक्का भएर चुनावी प्रचार प्रसारमा अघि बढेको ने.का. सोलुले जनाएको छ । सोलु दुधकुन्ड नगरपालिका प्रमुखका लागि नाम्गेल जाङ्बु शेर्पालाई अघि सार्दै सो नगरपालिकामा लामो समयदेखि जनताको विचमा चितपरिचित व्यक्ति भएका कारण जितमा सुनिश्चित जस्तै रहेको ने.का सोलु जिल्ला कार्यसमितिका एक सदस्यले जनाए ।

त्यस्तै दुधकौशिका गाँउपालि प्रमूखका लागि हुतराज बस्नेत, महाकुलुङ गाँउपालिका प्रमुखमा भलाकाजि कुलुङ,सोताङ गाँउपालिका प्रमुखमा खिलाराज बस्नेत, दुधकोशि गाँउपालिका प्रमुखमा भोजराज कार्की, नेचा सल्यान गाँउपालिका प्रमुखमा धनजन राई, लिखु पिके गाँउपालिका प्रमुखमा राम ब. बस्नेत र खुम्बू पासाङ ल्हमू गाउँपालिका प्रमुखमा चुङ्बा शेर्पालाई अगाडि सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here