सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

0
225

सोलुखुम्बु,असार १५ । सोलुखुम्बुको दुधकुण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी गराएको छ ।

बिहान साढे ७ बजेतिर दुधकुण्ड नगरपालिका ११ मा को १ ज १८६० नम्बरको डबल क्याब जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय बताएको छ ।

दुर्घटनामा परी घाइते भएका १ जनालाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here