गायिका शोभा त्रिपाठीको ‘टिकिया हरायो’……..

0
5299

काठमाडौं, असार २२ । चर्चित गायिका शोभा त्रिपाठीले सदा झै यस बर्ष पनि दर्शक श्रोतामाझमा आफ्नो १० औं तीज कोसेली ‘टिकिया हरायो मेरो’ लिएर आएकी छिन् ।

उनले आजबाट उक्त गीतको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेकी छिन् । लय/शब्द एकनारायण भण्डारीको रहेको छ भने बब्बु थापाको निर्देशन रहेको छ । उक्त गीतमा गायिका त्रिपाठी र बब्बु थापाको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित कार्यक्रम संचालिकाको परिचय बटुलिसकेकी त्रिपाठीलाई अहिले भने गायन क्षेत्रमा पनि भ्याइ नभ्याई छ । उनले लोकपप, लोकदोहोरी देखि लिएर आधुनिक जस्ता उत्कृष्ट गीतहरु पनि दर्शक श्रोतामाझमा ल्याइसकेकी छिन् ।

रातो पासपोर्ट, बाध्यता हो, करेली टिपेर, हेरन मायाले, मन पराउन थाल्यो मायाले जस्ता उत्कृष्ट एल्बम बजारमा ल्याइसकेकी त्रिमाठीले यस बर्ष भने टिकिया हरायो मेरो बोलको गीत लिएर आएकी हुन् ।

समय सान्दर्भिक आफ्नो कला प्रस्तुत गर्नमा माहिर गायिका त्रिपाठीले विगतका बर्षहरुमा झै यस पनि पनि तीजलाई मध्यनजर गर्दै दर्शक श्रोताहरुमाझमा आफ्नो १० औं एल्वल पस्किएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here