‘अपराधिलाई कारवाही गरिनुको सट्टा पुरस्कृत’

0
482

काठमाडौँ, असोज ११ । सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था गिर्दै गएको संघीय संसद्, प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारल बताएका छन् ।

उनले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना वृद्धि भएको बताएका छन् ।

पछिल्लो समय जुनसुकै पनि घटनामा संलग्न वास्तविक अपराधी कारबाही हुनबाट बचिरहेको भन्दै उनले अपराधिलाई कारबाही गरिनुको सट्टा पुरस्कृत गरिने गरेको बताए ।

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झँै जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप लगाएका छन् ।

प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन भन्दै उनले विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताए ।

उनले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर वृद्धि गरिनाले संविधान कमजोर बन्दै गएको धारणा व्यक्त गरे । नेता गच्छदारले सरकार संघीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here