देशभक्तिमा आधारित चलचित्र ‘तारेभीर’ शुक्रबारबाट रिलिज

0
397
  • सरद राई

काठमाडौं । देशभक्तिले ओतप्रोत नेपाली चलचित्र ‘तारेभीर’ शुक्रबारबाट रिलिज हुने भएको छ । प्रेम सुब्बाको निर्देशनमा तयार भएको उक्त चलचित्र देशभक्ती हुनुका साथै फिमेल एक्शन ओरिन्टेड रहेको छ ।

फिल्ममा कमेडी, एक्शन, लभस्टोरी लगाएतका सबै खुराकको मिश्रण रहेको पाइन्छ । चलचित्र ‘तारेभीर’ काठमाडौं, दोलखा, सिन्धुली, लगाएतका रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सो चलचित्रलाई डि.के. देवानले निर्माण गरेका छन् ।

चलचित्रमा बिष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डि.के. देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, रञ्जीत राणा, निर्मल थापा लगाएतको मुख्य भुमिका रहेको छ । उक्त चलचित्रमा गोबिन्द राई र दिनेश माङ्गमुको नृत्य देख्न सकिन्छ । चलचित्र ‘तारेभीर’को गीत संगीत प्रकास गुरुङ, सनुप पौडेलको रहेको छ । त्यस्तै जनक गुरुङ्को द्वन्द निर्देशन रहेको यस चलचित्र मोफसलको ३७ वटा र भ्यालीभित्र ११ वटा हलबाट दर्श सामु आउने भएको छ । निर्देशक सुब्बाका अनुसार फिल्ममा नेपाल प्रहरी प्रशासनका साथै लेडिज एक्शन र सेन्टिमेन्टल बिषयबस्तुलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here