जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा हुने

0
31

पोखरा, कात्तिक १९ । एसियन टेनिस महासंघको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप शुरु हुने भएको छ ।

आयोजक कास्की जिल्ला टेनिस संघले प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने जानकारी गराएको छ ।

प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने संघका महासचिव नवीन चालिसेका बताएका छन् ।

होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले पोखराको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here