क्षेत्र नं. ४ मा गगन थापाको पल्ला भारी

0
1056

काठमाडौँ, मंसिर १५ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि काठमाण्डौं क्षेत्र नं. ४ नेपाली काँग्रेसका उम्मेदवार नेता गगन थापाको पक्षमा जनलहर उर्लिएको छ ।

हरेक युवाका ढुकढुकी र कपनवासीका प्रिय नेता थापाले दोश्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रगतिमा अगाडि बढाइरहेका छन् ।

सधैं कपनवासीका समस्यासँग परिचित हुँदै आएका उनलाई अघिल्लो निर्वाचनमा पनि कपनवासीले आफुलाई भारी मतले विजयी गराएको र आसन्न निर्वाचनमा पनि त्यहाका जनताको मन जित्ने कुरामा ढुक्क छन् ।

जनताको पक्षमा आफुले गरेको कार्यहरुले आफ्नो विजयको सुनिश्चित रहेको विश्वास व्यक्त गर्दै थापाले मेरो सपना मेरो सङ्कल्पः समुन्नत नेपाल, सम्पन्न र सम्मानित नेपाली भन्ने मूल नारा सहित चुनावी अभियानलाई अगाडि बढाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here