बेचिन लागेका १० चेलीको उद्धार

0
643

काठमाडौँ, असार ११ । बेरोजगारीको संख्या बढेसँगै नेपालमा विदेशिने युवाको लहरमा अझ वृद्धि हुँदै जान थालेको छ ।

नेपाली युवायुवतीमा विदेशिने मोह बढेसँगै केही दानव प्रवृतिका मानिसहरुले विदेशमा गएर धन कमाउने सपना देखाउँदै फसाउने गरेका घटना पनि हाम्रा आँखाका अगाडि दिनप्रतिदिन फस्टाउँदै गइरहेका छन् ।

यस्तै क्रममा वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उनीहरुको उद्धार गरेको हो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा पारेर भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको बताए ।

उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएको उनले जानकारी गराएका छन् ।

आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले बताएको छ ।

यसरी लोभ लालचमा पारेर लैजाने व्यक्ति भने फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here